अर्थ

२६२८.३७ विन्दुमा नेप्से, २ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

Thrill Factory
Rungta Group

साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ६४ अंकले घटेको छ ।

नेप्से परिसूचक २ हजार ६२८ दशमलव ३७ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका  २२५ ओटा धितोपत्रको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर ४१ हजार ५८५ पटकमा रू. ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९१ बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका ती धितोपत्रहरु मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र न्यादी हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागको छ ।

सामलिङ पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४१९ दशमलव ५० र न्यादी हाइड्रोपावरको रू. ३४१ दशमलव ५० पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button