देशमुख्य खबर

एमालेको दशौं महाधिवेशन : अध्यक्षमा केपी ओलीको फराकिलो जित

Thrill Factory
Rungta Group

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली फराकिलो अन्तरले विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ओलीले १८०८  मत पाएका छन् भने प्रत्यासी भीम रावलले २२३ मतमा सीमित भएका छन् । तर यसको आधारिक घोषणा गरिएको छैन ।

मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले प्रत्यासी भिम रावलविरुद्ध शुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका थिए । उनी दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित ओलीको कार्यकाल पुन : चार वर्षको हुने छ ।

१० मंसिरमा शुरू भएको एमाले महाधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मतदान भएको थियो ।  मंगलवार बिहान विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।उक्त महाधिवेशनमा ७२ ओटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।

एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । यसैबीच नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामै हुने भएको छ । १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने बताइएको छ ।

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button