No Image Headlineदेश

राप्रपा महाधिवेशन : अध्यक्षमा यसरी बलियो बन्दैछन् राजेन्द्र लिङ्देन

Thrill Factory
Rungta Group

राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन् ।

बुधबार शुरू हुन लागेको राप्रपाको महाधिवेशनका लागि अध्यक्ष लिङ्देन र कमल थापाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ ।

राप्रपाका तीन अध्यक्ष थापा, लोहनी र पशुपतिशमशेर जबरामध्ये थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा लोहनीले लिङ्देनलाई समर्थन जनाएका हुन् । तर, जबरा मौन बसेका छन् ।

काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा लोहनीले लिङ्देनलाई समर्थन जनाउन थापा र जबरालाई आग्रह गरेका हुन् ।

नेतृत्वमा सर्वसम्मत जुट्न नसके युवालाई पार्टीको जिम्मेवारी दिने आफ्नो पूर्वघोषित विचारअनुसार लिङ्देनलाई समर्थन जनाएको भन्दै लोहनीले बाँकी अध्यक्षद्वय थापा र जबरालाई पनि लिङ्देनको समर्थनमा उभिन आग्रह गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button