No Image Headlineदेश

एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित पाँच पदाधिकारी निर्विरोध

Thrill Factory
Rungta Group

नेकपा एमालेको १०औँ महाधिवेशनमा पाँचजना पदाधिकारी निर्विरोध निर्वाचित हुने भएका छन् ।

बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा कसैको पनि उम्मेदवारी नपरेपछि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पाँच पदाधिकारी निर्विरोध निर्वाचित हुने भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् ।

अध्यक्ष केपी ओलीले सोमबार बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध भएका हुन् ।

१०औं महाधिवेशनबाट पाँचजना विजय हुने निश्चित प्रायः हुन भए पनि औपचारिक पमा घोषणा भने निर्वाचन आयोगले गरिसकेको छैन ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button