No Image Headlineखबर फटाफटदेश

१५८ जनामा कोरोना भाइरस संक्रमण, २ संक्रमितको मृत्यु

Thrill Factory
Rungta Group

आइतवार पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ पीसीआर परीक्षणमा १५४ जना र २ हजार ३२४ एन्टिजेन परीक्षणमा ४ जना गरी कुल १५८ जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आइतवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ पुगेको छ ।

यसैगरी, आइतवार ३४२ जना निको भएसँगै हालसम्म ८ लाख २३ हजार ८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button