देशमुख्य खबर

कार्यकर्तालाई ओलीले भने- तपाईंहरूमाझ जब हुन्छु देशको भविष्य सुरक्षित देख्छु

प्रतिक्रियावादीहरुले एमालेलाई प्रतिपक्षमा पुर्‍याएको आरोप

Birgunj Metropolitan Notice

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई देख्दा देशको भविष्य सुरक्षित देख्ने गरेको बताएका छन् ।

चितवनको सौराहामा जारी १० औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले एमालेको अध्यक्ष हुन पाएकोमा गर्व महसुस हुने गरेको पनि बताए ।

‘म कति बाँच्छु थाहा छैन, धेरै अप्रेशनबाट गुज्रिएको छु । मानिसहरूको जिन्दगी त टुंगो हुँदैन, म त मरेर बाँचेर आएको हुँ,’ उनले भने, ‘जब म तपाईंहरूलाई मेरो अगाडि देख्छु देशको भविष्य सुरक्षित देख्छु, आन्दोलन, पार्टी, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु ।’

उनले आफ्नो कार्यकर्ताका कारण आफू ढुक्क भएर सुत्न सक्ने पनि बताए ।

ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् ।

राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए । शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने बताए ।

एमाले यस्तो अवस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको बताए । उनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् ।

उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यबाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वनीय र भरपर्दो पार्टीका रुपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए ।

अध्यक्ष ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि वढ्नुपर्ने बताएका छन् । उनले भने ‘विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं ।’

उनले पार्टीलाई एकतापूर्ण ढंगले अगाडि बढाएको भन्दै नेता र कार्यकर्तालाई धन्यवादसमेत दिए । ‘म कति बाँच्छु भन्न सक्दिन, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईहरुलाई देखेरै मलाइ निद्रा लाग्छ खाना रुच्छ र देशको भविश्य सुरक्षित देख्छु,’ ओलीले बन्दसत्रमा भने ।

१०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले एमालेबाट अन्य दलहरुले समेत सिक्न थालेको भन्दै एमालैकै मोडलमा एकैपटक तल्ला तहका कमिटीहरुका अधिवेशन गर्न सुरु भएको बताए ।

ऐतिहासिक जनसहभागिता र शुभेच्छामा उदघाटन सत्र सम्पन्न गरेको भन्दै ओलीले भने, ‘एउटा विशेष परिस्थिति र अवस्थाबाट अघि बढिरहेको छ । सत्ताबाट प्रतिपक्ष भएको अवस्थामा, विरोधीका जालझेल असंवैधानिक अलोकतान्त्रिक कदमले यहाँ पुग्यौं । जनताले यहाँ पुर्याएको होइन । जनमत यो होइन । अझ बढी गम्भीर चुनौती खडा भएको छ । राज्यको दुरूपयोग भएको छ । दढ भएर सामना गर्नुपर्नेछ ।’

उनले नवौं महाधिवेशनपछि संविधान निर्माण गरी जारी गर्न दलहरू एकजुट गराउन एमालेको महत्वपूर्ण भूमिका रहेको बताए । उनले महाधिवेशनपछि स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढेको भन्दै एमालेलाई दुर्वचन बोल्ने र होच्याउने अवस्था अन्त्य भएको पनि बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button