No Image Headlineदेशमुख्य खबर
सहमतिको प्रयासमा लाग्दा पाँच घण्टा ढिलो शुरु भयो एमालेको बन्द सत्र

नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र शुरू भएको छ ।



चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र शुरू भएको हो । बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छ ।



केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् ।



बन्द सत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइने कार्यक्रम छ ।
बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ । अध्यक्ष ओलीले बन्दसत्रलाई सम्बोधन गरिरहेका छन् ।