अर्थ

एक महिनामा ५५ हजारको श्रम स्वीकृति

Thrill Factory
Rungta Group

वैदेशिक रोजगारीमा जानेक्रम क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले तयार पारेको प्रतिवेदन अनुसार गत कात्तिक महिनामा म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना कामदारले वैदेशिक रोजगारमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

असोज महिनामा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । उनीहरू पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् ।

त्यसमा महिला कामदारको संख्या २ हजार १ सय ८३ रहेकोे छ । कात्तिक महिनामा व्यक्तिगत प्रयासमा १ हजार २ सय ६७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

कात्तिकमा वैधानिकीकरणका माध्यमबाट १ हजार ४२ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट २४ हजार ९ सय ४७ जना गरी कुल ५४ हजार ९ सय १८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

विभागको प्रगति विवरण अनुसार कात्तिक महिनामा ६ सय ५ वटा म्यानपावर कम्पनीले श्रम स्वीकृति निकालेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button