यस्तो पनि

जहाजमा खराब ‘स्याण्डविच’ जसको मूल्य ५ पाउन्ड

Thrill Factory
Rungta Group

विमानमा यात्राका क्रममा राम्रो खाना पाउने यात्रुले केवल कल्पना मात्र गर्छन् । किनभने अधिकांश विमान कम्पनीले राम्रो खाना नदिएको धेरै यात्रुको गुनासो हुने गर्दछ ।

तथापि विदेशमा सामान्य उडानका क्रममा पनि स्याण्डविच दिने परम्परा छ । तर रयानएयर फ्लाइटमा उडान गरिरहेकी एक महिलाले भने खानाका विषयमा नराम्रो अनुभव भोग्नु पर्‍यो ।

रयानएयर फ्लाइटमा यात्रारत ती महिलाका साथ खानाका विषयमा भद्दा मजाक भयो । उनले उडानको क्रममा विश्वको सबैभन्दा दुखी स्याण्डविच पाइन् । त्यसमाथि यसकालागि उनले ५ पाउन्ड (करिब ८ सय रुपैयाँ) पनि तिर्नुपर्‍यो । उनले सो स्याण्डविचको तस्बिर शेयर गर्दै आफ्नो दुख सार्वजनिक गरेकी छन् ।

उक्त बेकन स्याण्डविचलाई विश्वको सबैभन्दा दुखी स्याण्डविचको उपमा दिइएको छ । बेकन स्याण्डविचका नाममा विमानमा यात्रारत एमी वुड्सलाई दुई सुख्खा ब्रेडमा अलग–अलग आकारमा काटिएको बेकनको टुक्रा राखेर पस्किइएको थियो ।

न त त्यसमा सलाद थियो न त बटर वा चीज । कतिसम्म भने स्याण्डविचमा कैचअपसम्म दिइएन । यति खराब स्याण्डविचलाई पनि ५ पाउन्ड लिइएको थियो ।

एमीले त्यति महँगोमा खराब स्याण्डविच पाए पनि फिर्ता गरिनन् । किनभने उनी निकै भोकाएकी थिइन् । उनले पैसा फिर्ता गर्न आग्रह भने गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button