No Image Headlineअर्थ

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक, होला त १२ करोडको सीमा संशोधन ?

Thrill Factory
Rungta Group

नेपाल राष्ट्र बैंक मौद्रिक नितिको पहिलो त्रैमासिक समीक्षा यसै साता भित्रमा गर्ने भएको छ ।

मंसिर पहिलो सातामै समीक्षा गर्ने भनिए पनि विभिन्न प्राविधिक कारणले त्यो संभव नभएकाले यसै सातामा त्रैमासिक समिक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।

मौद्रिक नितिको पहिलो त्रैमासिक समीक्षाका लागि अहिले छलफल चलिरहेको र यकिन दिन तय भइनसकेको भएता पनि ससै साताभित्रमा मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

समीक्षामा के कस्ता नीतिहरु परिवर्तन हुन्छन् हुँदैनन् भन्ने कुरा भने उनले खुलाउन चाँहेनन् । उनले अहिले सबै विषयमा छलफल चलिरहेको र के परिवर्तन हुन्छ हुँदैन भन्ने कुरा मौद्रिक नीतिको समीक्षा पछि नै थाँहा हुने बताए । अहिले बाहिर आएजस्तो कुनै पनि विषयमा निर्णय भइसकेको छैन । छलफलकै चरणमा छौ, उनले भने ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको थियो ।

सो व्यबस्थाका कारण नेपालको सेयर बजार ओरालो लागेको भन्दै नीति जारी हुने बेलादेखि नै विभिन्न सरोकारवाला निकायहरुले यसको विरोध गरिरहेका थिए ।

अहिलेको अवस्थामा लगानीकर्ताहरु पर्ख र हेरको रणनितीमा देखिन्छन् । नेपाल राष्ट्र बैंक यसै सातासम्ममा गर्ने भनिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यदि सेयर कर्जामा लागेको सिमामा केहि संसोधन भयो भने बजार बढ्छ भन्ने विश्वासमा अहिले लगानीकर्ताहरु छन् त्यसैले पनि अहिलेको अवस्थामा लगानीकर्ताहरुको रणनिति नै पर्ख र हेर बनेको बताउँछन् ।

अहिले कतिपयले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत सेयर कर्जामा लगाइएको सिमा केही संशोधन हुने अनुमान गरिरहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत विभिन्न अन्य सेयर बजारसँग सम्बन्धित संस्थारुले ४÷१२ करोडको नीतिले बजार ओरालो लागेको भन्दै यसमा लचकता अपनाउन अर्थमन्त्रीदेखि प्रधानमन्त्रीलाई समेत दवाव दिइरहेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button