अन्तराष्ट्रिय

सोमबारदेखि अस्ट्रियाले पूर्ण लकडाउन गर्ने

Thrill Factory
Rungta Group

युरोपेली मुलुक अस्ट्रियाले सोमबारदेखि पूर्ण लकडाउन गर्ने घोषणा गरेको छ । कोभिड १९ विरुद्धको खोप नलगाएका मानिसहरूलाई लकडाउन गरेको केही दिनपछि अस्ट्रियाले सबैको लागि लकडाउन गर्ने घोषणा गरेको हो ।

चान्सलर एलेक्जेन्डर सालेनबर्गले लकडाउन धेरैमा २० दिन सम्ममा अन्त्य हुने र २०२२ को फेब्रुअरी १ बाट खोप लगाउनु कानुनी आवश्यकता हुने बताए ।

अस्ट्रिया पश्चिम युरोपमा कम खोप लगाउने देशमा पर्छ । कोभिड संक्रमण बढ्न थालेपछि उसले यस्तो कदम चालेका हुन् ।

संक्रमणमा वृद्धि भएकाले अरू धेरै यूरोपेली देशहरूले प्रतिबन्धहरू लागु गर्दैछन् । “हामी पाँचौँ लहर चाहँदैनौ,” अस्ट्रियाको नौ ओटा प्रान्तका गभर्नरहरूसँग छलफल गरेपछि सालेनबर्गले भने ।

पछिल्लो तथ्याङ्कहरूले गत हप्ता प्रति १ लाखमा करिब ९९० जनालाई कोभिड संक्रमण भएको देखाउँछन् । स्वास्थ्यमन्त्री वुल्फग्याङ मक्सटेइनले लकडाउन गर्नु ‘अन्तिम उपाय’ भएको बताए ।

अस्ट्रियाली नागरिकलाई घरबाटै काम गर्न, कम आवश्यक पसलहरू बन्द गर्न र भौतिक उपस्थितिमा हुने बालबालिकाको सिकाइको लागि विद्यालयहरू खुला नै राख्न भनिएको छ । लकडाउन डिसेम्बर १२ सम्म हुनेछ तर १० दिनपछि पुनः मूल्याङ्कन गरिनेछ ।

यसैबीच, स्लोभाकियाका प्रधानमन्त्री एडुआर्ड हेगेरले पनि खोप नलगाएका मानिसहरूको लागि सोमबारदेखि लकडाउन गर्ने घोषणा गरेका छन् । यस्तै, चेक सरकारले पनि थुप्रै सेवाहरूलाई कटौती गर्दैछ । नेदरल्याण्डले गत सातादेखि आंशिक लकडाउन सुरु गरेको छ ।

जर्मन नेताहरू पनि उच्च कोभिड अस्पताल लगायतका क्षेत्रहरूमा प्रतिबन्धहरू लागु गर्न सहमत भएका छन् । यसले जर्मनीको १६ मध्ये १२ राज्यहरूलाई प्रभावित गर्नेछ । यो हिउँदमा पूर्ण लकडाउन गर्ने अस्ट्रिया युरोपको पहिलो देश हो ।

विश्व स्वास्थ्य संगठन युरोप क्षेत्रीय निर्देशक हान्स क्लुजले आउँदो हिउँद कठिन हुने चेतावनी दिएका छन् । उनले यसका लागि अपर्याप्त खोपसँगै सुरक्षात्मक उपायहरू खुकुलो पारिनु र बढी सर्न सक्ने डेल्टा भेरियन्टको फैलावट जिम्मेवार रहेको बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button