खबर फटाफट

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको प्रभाव नेपालमा, यी स्थानमा पर्दैछ पानी

Thrill Factory
Rungta Group

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ ।

जसकारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button