No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

काठमाडौंमा यो वर्षकै बढी चिसो, सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकामा बुधवार यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।

Patanjali Nepal
SweetMart Nepal

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको हो ।

मंगलवार भने काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ ।

केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

बुधवार राति देशको पहाडी भ–ूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस रहने छ

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button