देश

फैसला गरेर देखाउन न्यायाधीशहरूलाई बरिष्ठ अधिवक्ता थापाको चुनौती

Thrill Factory
Rungta Group

नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा फर्किएका न्यायाधीशहरूलाई फैसला गरेर देखाउन चुनौती दिएका छन् ।

बुधबार बारको आन्दोलनमा बोल्दै थापाले कानून व्यवसायीहरूले बहस नगरेको मुद्दामा फैसला गरेर देखाउन न्यायाधीशहरूलाई चुनौती दिएका हुन् । उनका अनुसार कानून व्यवसायी बेगर फैसला हुन सक्दैन ।

उनले भने, ‘घुस खाने प्रधानन्यायाधीशले तोकेको इजलासमा बस्नुभयो भने तपाईंहरू पनि दुषित हुनुहुन्छ ।’ नेपाल बारले न्यायालयका मुख्य समस्या नै सफा गर्ने गरी आन्दोलन गरेको उनले बताए ।

प्रधानन्यायाधीशलाई हटाउनमात्र बारले आन्दोलन नगरेको बताउँदै थापाले अर्को प्रधानन्यायाधीश आएपछि कुन–कुन न्यायाधीश र कानून व्यवसायीले भ्रष्टाचार गरेका छन् भन्ने कुराको छानविन समेत हुन्छ । यो आन्दोलन नभएर न्यायालयको शुद्धीकरणको अभियान भएको उनको भनाइ छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button