अर्थ

गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्षमा चयन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्क फाइनान्सका अध्यक्ष चयन भएका छन् । सोमबार ४२ औं सार्क फाइनान्स गभर्नर ग्रुपको बैठकले उनलाई नोभेम्बर १६ देखि लागू हुने गरी एक वर्षका लागि अध्यक्ष चयन गरेको छ ।

मालदिभ्स मनिटरी अथ्योरिटीद्वारा आयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंक लगायत सार्क राष्ट्रका केन्द्रीय बैंकहरू रिजर्भ बैंक अफ इण्डिया, बंगलादेश बैंक, मनिटरी अथ्योरिटी अफ भुटान, स्टेट बैंक अफ पाकिस्तान, बैंक अफ श्रीलंका र मालदिभ्स मनिटरी अथ्योरिटीका गभर्नर तथा डेपुटी गभर्नरहरूको सहभागिता थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button