
नेपालमा विगत २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार उक्त अवधिमा ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी कुल ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट छ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ । यसैगरी सो अवधिमा ३४८ संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । त्यसैगरी ७ लाख ९८ हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।
हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार २१५ जना रहेको मन्त्रालयले बताएको छ ।