देशमुख्य खबर

प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने तयारीमा बार, दुवै ढोकामा धर्ना दिइने

Thrill Factory
Rungta Group

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आज पनि सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज पनि उनलाई सर्वोच्च प्रवेश गर्न नदिन धर्ना दिने बताए ।

बारले गत शुक्रबार पनि गेटमै धर्ना दिएर प्रधानन्यायाधीश राणाको प्रवेश रोक्ने प्रयास गरेको थियो । सो क्रममा राणाका समर्थक र बारका धर्नाकारीबीच झडपसमेत भएको थियो । प्रहरीले राणाका समर्थकलाई पक्राउसमेत गरेको थियो ।

जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहान १० बजे अघिदेखि नै अदालत परिसरमा धर्ना दिने तयारी गरेको हो ।

यसअघि शुक्रबार प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट भित्र प्रवेश गरेपछि बारले आज सर्वोच्चका दुवै ढोकामा धर्ना दिने तयारी गरेको छ ।

बारको धर्नाका कारण प्रधानन्यायाधीश राणा भने अर्को गेटबाट सर्वोच्च छिरेका थिए ।

प्रधानन्यायाधीश राणाले पदीय मर्यादा नाघेको आरोपमा बारले उनको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको छ । साथै, इजलास पनि बहिस्कार गरिहेको छ ।

राणाले भने राजीनामा नदिने अडान राखेका छन् । यसविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको बारले आजको आन्दोलनलाई थप सशक्त बनाउने जनाएको छ ।

आन्दोलनकमा क्रममा बिहीबार पनि सर्वोच्च परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप हुँदा ७ जना घाइते भएका थिए ।

बार कानुन व्यवसायीहरूको छाता संगठन हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button