No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

सरकारले दियो ६० लाख डोज फाइजर खोप किन्न स्वीकृति

Thrill Factory
Rungta Group

सरकारले ६० लाख डोज फाइजरको खोप किन्न स्वीकृति दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोप किन्नका लागि गरेको प्रस्तावलाई सोमवार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिने निर्णय गरेसँगै खोप ल्याउने बाटो खुलेको छ ।

१८ वर्षसम्मका बालबालिकाका लागि लगाउन ६० लाख डोज खोप आगामी डिसेम्बरभित्र ल्याउने स्वास्थ्य मन्त्रालयको योजना छ । नेपालमा कोभ्याक्स सुविधामार्फत आएको १ लाखभन्दा बढी डोज फाइजरको खोप यही २८ गतेदेखि १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घरोगीलाई दिइँदै छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार खोप लगाउनयोग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेकाले यसै अनुसार सरकारले तयारी अघि बढाएको छ । सरकारले मोतीपुर औद्योगिक कोरिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले मोतीपुर औद्योगिक कोरिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको बताए ।

उनले कुश्मामा ४०० केबी सबस्टेशन र जुम्ला सबस्टेशनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्सस्थित हु ≈याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने निर्णय भएको पनि बताए ।

प्रवक्ता कार्कीका अनुसार मन्त्रिपरिषद्ले लोकसेवा आयोगको सिफारिशबमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को जेनेभामा सञ्चालन हुने स्पेसल सेसन अफ द वल्र्ड हेल्थ एसेम्ली, डब्ल्यूएचए कार्यक्रममा सहभागी हुन स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button