देशमुख्य खबरस्वास्थ्य/जिवनशैली

कोरोना कहरमा कमाउ धन्धा : कोरोना नजाँची बिरामी भर्ना लिँदैनन् निजी अस्पताल

Thrill Factory
Rungta Group

सरकारी बाहेकका जुनसुकै अस्पतालहरुमा अहिले कोरोना परीक्षण बिना बिरामी भर्ना लिइदैँन । कोरोनाको परीक्षणनै अस्पतालको कमाउने धन्दा बनेको छ ।

प्राइभेट भनिने सम्पूर्ण अस्पतालहरु कमाउने धन्दामा लागेर कुनैपनि लक्षण बिना कोरोना परीक्षण गराउन लगाउने गरेको अस्पतालका बिरामी कुरुवाहरु बताउँछन् । साधारणतया कोरोनाको एन्टिजेन परीक्षण गर्दापनि हुने हो एन्टिजेन परीक्षण गर्दापनि कोरोना छ छैन थाहा हुन्छ । तर त्यसो नगरी कोरोनाको नै परीक्षण गर्न लगाइन्छ ।

एन्टिजेन भन्दा कोरोनाको परीक्षण शुल्क महङ्गो पर्छ । अस्पतालहरुमा अरबौँ रुपैयाँ लगानी गरेका हुन्छन् । ती रुपैयाँ कसरी हुन्छ रु छिट्टै नै असुल उपर गर्न खोजी रहेकोले कोरोनाको मात्र होइन विभिन्न परीक्षण गर्न नपर्ने परीक्षणहरु पनि गर्न लगाउने बिरामी कुरुवाहरु बताउँछन् ।

काठमाडौंका प्रायःअस्पतालहरुमा कोरोना परीक्षणको नाममा अनियमितताहरु बढ्दै गएको पाइन्छ । अस्पतालमा भर्ना भएका बिरामी र बिरामीका आफन्तहरुको आफ्नै समस्या र ब्यस्तता हुन्छ । यी कारणहरुले गर्दा उनीहरु मिडियामा आउन सक्दैनन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button