थपिए ६६६ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा ६६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार ९ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।



मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ । त्यसैगरी सो अवधिमा ६२२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ । नेपालमा हालसम्म ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।
मुलुकभर हाल सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेका छन् ।
जसमध्ये ९ हजार ५१२ जना होम र्आसोलेशनमा रहेका छन् भने ७८४ जना संस्थागत आईसोलेशनमा रहेका छन् । हाल कोरोनाका बिरामीमध्ये २५२ जना आईसीयू र ८० जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।