No Image Headlineदेशस्वास्थ्य/जिवनशैली
थपिए ६६२ जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार ७ हजार २२ ओटा पीसीआर परीक्षणमा ५३५ जना र १ हजार ४०४ ओटा एन्टिजेन परीक्षणमा १२७ जना गरी कुल ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार उक्त अवधिमा ७५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।


सो अवधिमा काठमाडौं उपत्यकाका २५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उक्त अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ जना रहेका छन् ।