No Image Headlineदेश

चाडपर्वका बेला गाडी दुर्घटना बढ्दै, ५ दिनमा ४० जनाको मृत्यु

दशैँ सुरु भएसँगै दुर्घटना बढेका छन् । पछिल्लो पाँच दिनमा मात्रै दुर्घटनामा परेर ४० जनाको ज्यान गएको छ ।

मुगुमा अस्ति भएको दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो भने सोमवार कास्कीको घान्द्रुकमा भएको दुर्घटनामा आठ जनाको ज्यान गएको थियो । हरेक वर्षको चाडपर्वमा यस्ता दुर्घटना हुने गरेका छन् ।

चाडपर्वको समयमा यात्रुको आवतजावत धेरै हुने गरेकाले र यही समयलाई व्यवसायीले कमाउने राम्रो सिजनको रुपमा लिने गरेकाले चाडबाडको समयमा दुर्घटनाका घटना धेरै हुने गरेका ट्राफिक प्रहरीले जनाएको छ । यसरी गाडी दुर्घटना हुनमा अरु पनि थुप्रै कारण भएको विज्ञले बताएका छन् ।

क्षमताभन्दा धेरै यात्रु बोक्दा, उच्च गतिमा गाडी चलाउँदा, लामो दूरीमा पनि एउटै चालकले गाडी चलाउँदा दुर्घटनाको जोखिम हुने गरेको उनीहरुको भनाइ छ । यस्तै सडकको जीर्ण अवस्था, पहिरो खस्ने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता कारणले पनि दुर्घटना हुने गरेको छ ।

सरकारले हरेक वर्ष चालक र सहचालकलाई परिचयपत्रको व्यवस्था गर्न, लामो दूरीमा आलोपालो चलाउने गरी चालक राख्न तथा छतमा यात्रुको झिटीगुण्टाबाहेक व्यावसायिक सामान नराख्न निर्देशन दिने गरेको छ। तर, नियमको पालना नहुँदा चाडपर्वका बेला हुने दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका दुर्घटनाप्रति दुस्ख व्यक्त गर्नु भएको छ। यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएको दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने घोषणा गर्नु भएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button