अन्तराष्ट्रिय

हुथी विद्रोही र यमनी सेनाबीच भिडन्त, ८० भन्दा बढीको मृत्यु

Thrill Factory
Rungta Group

एजेन्सी- यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाबीच भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका छन् ।

उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भिडन्त सुरु गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो ।

यसरी मारिनेमध्येमा अधिकांश हुथी विद्रोही रहेका छन् । मारिनेमा ७४ जना हुथी विद्रोही लडाकू र अरु आठ जना यमनका सेना रहेका सैन्य स्रोतले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ७४ विद्रोही मारिएका छन्– सैन्य स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । समाचारअनुसार अधिकांश विद्रोहीहरु मारिब शहरको पश्चिमी क्षेत्रमा साउदी अरेबिया र यमनको सैन्य गठबन्धनले गरेको हवाइ कारबाहीमा परी मारिएका हुन् ।

पछिल्लो समय साउदीसमर्थित सरकारको नियन्त्रणमा रहेको अन्तिम गढ मारिबलाई हुथी विद्रोहीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सोही क्रममा भएको भिडन्तमा पछिल्लो पटक यो हताहत भएको हो ।

इरानसमर्थित हुथी विद्रोहीले तेल खानीको ठूलो भण्डार रहेको उक्त शहरमा पुनः आक्रमण गर्न थालेपछि यस महिनामा मात्रै सैयौं मानिसको ज्यान गएको छ । गएको हप्तामा पनि दर्जनौँ हुथी विद्रोही लडाकू मारिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button