No Image Headlineदेश
पूर्ण मात्रा खाेप लगाउनेकाे सङ्ख्या ६४ लाख नाघ्याे
काठमाडौं- नेपालमा अहिलेसम्म अहिलेसम्म ६४ लाख नौ हजार एक सय ९६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
यो कुल जनसङ्ख्याको २९ दशमलव पाँच प्रतिशत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।


कुल ३६ दशमलव चार प्रतिशत अर्थात् ७९ लाख १३ हजार पाँच सय ५५ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
सरकारले आउँदो चैतभित्र सबै नागरिकलाई खोप लगाइसक्ने बताएको छ ।