No Image Headlineखबर फटाफटदेश

एमाले विधान महाधिवेशन आज सकिने, राजनीतिक प्रतिवेदनमा जवाफ दिँदै अध्यक्ष ओली

Thrill Factory
Rungta Group

काठमाडौं- नेकपा (एमाले) को प्रथम विधान महाविधेशनको तेस्रो दिन आज तेस्रो दिन शीर्ष नेताहरुले आआफ्नो प्रतिवदेनमा उठेका प्रश्नहरुको जवाफदिँदै छन् ।

आइतबार राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने एमालेले जनाएको छ ।

यसअधि दोस्रो दिन शनिबार समूहगत छलफलका निश्कर्ष प्रस्तुत गरिएको थियो । शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिका समूहगत छलफलका निष्कर्ष प्रस्तुत गरिएको थियो ।

प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो । सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए ।

विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । विधान महाधिवेशन आइतबार नै सम्पन्न हुने एमालेले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button