यस्तो पनि

पिज्जा रोल्स किन्ने महिलाको हातमा दिसा !

Thrill Factory
Rungta Group

वासिंगटन,(एजेन्सी)-अमेकिाकी राइट जोहन्सन नामक एक महिलाको ओक्लोहामाको मुरस्थित एउटा पसलको किनमेलको अनुभव अत्यन्तै घिनलाग्दो र पीडादायी सावित भएको छ ।

उनी त्यहाँ आफ्ना दुई छोरीसँग चिस्याएको पिज्जा रोल किन्न गएकी थिइन् । उनले आफ्नो अति अप्रिय अनुभव ओकलोहामा सिटी एनबीसीसँग आवद्ध केफोर टेलिभिजनलाई सुनाइन् – ‘पिज्जा रोल भरिएको व्याग लिन लाग्दा मेरो हातमा केही गिलो चिज टाँसियो ।

त्यो मानिसको दिसा रहेछ । कसैले त्यो सुपरमार्केटको फ्रिजरमा रहेको टोटिनोज पिज्जा रोल्सको व्यागिमाथि नै दिसा गरेर त्यसलाई अर्को व्यागले छोपिदिएको रहेछ ।

हात फोहर भएपछि म निकै दुखित भएँ, आत्तिएँ र घिन पनि बेस्सरी लाग्यो । मैले तत्कालै हात रगडी रगडी पुछें । तर, घर फर्कने क्रममा कारमा मेरा छोरीहरूले ममी अझै गन्हाइरह्यो भन्दै गुनासो गरे ।’

मुर प्रहरीले सीसीटिभी फुटेजको सहयोगमा यस घृणित तथा अपराधिक कार्यमा संलग्न रहेको आशंकामा एकजना पुरुषलाई गिरफ्तार गरेको छ ।

किनमेल गर्न आएका महिलाहरूको अनावश्यक रूपमा तस्विरहरू पनि खिच्ने गरेका ती पुरुषविरुद्ध औपचारिक मुद्दा दायर भएपछि उनको वास्तविक परिचय सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button