अर्थमुख्य खबर

प्रतिनिधिसभामा आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी, होला त पास ?

Thrill Factory
Rungta Group

काठमाडौं–प्रतिनिधिसभाको आजको बैठकमा आज विनियोजन विधेयक पेश गरिने भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बैठक बस्नेछ । विधेयक पास नहुँदा अहिले सरकार बेखर्ची बनेको छ । सरकारले इतिहासमै पहिलो पटक बजेट होलिडे सामना गरिरकेको छ ।

बैठकका लागि संसद सचिवालयले हिजो नै कार्यसूची सार्वजनिक गरिसकेको छ। आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख छ ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्दै आएकाले बैठक अघि वढ्ने सम्भावना कम छ ।

सत्तारुढ गठबन्धनका दलहरुले भने आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाले सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्।

प्रतिनिधिसभाको बैठक यसअघि भदौ २९ मा बैठक बसेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button