No Image Headlineअर्थ

साताको पहिलो दिन शेयर बजारमा हरियाली, ७१‍.४३ अंकले बढ्यो नेप्से

Thrill Factory
Rungta Group

काठमाडौ– साताको पहिलो दिन आइतवार शेयर बजारमा हरियाली छाएको छ ।

आइतबार नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दूमा कायम भएको छ । आइतवार २३१ कम्पनीका ९६ हजार ५ सय ९१ कित्ता शेयर कारोबार हुँदा ९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) काअनुसार आइतबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । आइतबार सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक ६.३७ प्रतिशतले बढेको छ ।

आइतबार १४ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । फर्स्ट माइक्रोफाइनान्स कम्पनीको पनि १० प्रतिशतले नै शेयर मुल्य बढेको छ ।

त्यसैगरी आइतबार सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड १ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ दशमलव ५८ प्रतिशतका दरले गुमाएका छन् ।

रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले २ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button