अर्थ

पूर्वाधार निर्माणमा किन घट्यो बजेट ?

Thrill Factory
Rungta Group

काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्‌मा पेस गरेको अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा पूर्वाधार निर्माणतर्फको बजेट कटौती गरिएको छ ।

अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले विधेयकमार्फत पूर्वाधार निर्माणमा छुट्याइएको बजेटमा कटौती गरिएको हो ।

विधेयकअनुसार सडक तथा पुल निर्माणमा १ खर्ब ४१ अर्ब २९ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो बजेट अघिल्लो सरकारले ल्याएकोभन्दा ३ अर्ब ३८ करोड ५० लाख रुपैयाँ कम हो ।

पौडेलले यो शीर्षकतर्फ १ खर्ब ४४ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेका थिए । दातृ निकायसँग निश्चित भइनसकेका आयोजनाको बजेट घटाइएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

रेल तथा हवाई मैदान निर्माणतर्फ पनि बजेट घटाइएको छ । यस शीर्षकमा शर्माले ३ अर्ब ८० करोड ५५ लाख रुपैयाँ छुट्याएका छन् । यो अघिल्लो सरकारले विनियोजन गरेको बजेटभन्दा १९ करोड कम हो ।

यसअघि उक्त शीर्षकमा ५ अर्ब ७० करोड ५५ लाख रुपैयाँ छुट्याइएको थियो । विद्युत संरचना निर्माणमा भने पहिला जति विनियोजन गरिएको थियो, त्यही बजेट नै अहिलेको सरकारले कायम गरेको छ । उक्त संरचना निर्माणमा ९ अर्ब ८ करोड ११ लाख रुपैयाँ छुट्याइएको हो ।

तटबन्ध तथा बाँध निर्माणमा भने अघिल्लो सरकारले छुट्याएको भन्दा केही बजेट बढाइएको छ । अघिल्लो सरकारले ८ अर्ब ५३ करोड ३० लाख रुपैयाँ विनियोजन गरेकोमा अहिले ८ अर्ब ७८ करोड ३० लाख पुर्‍याइएको छ ।

विकास निर्माणका थोरै आयोजनामा बजेट बढाइए पनि धेरै आयोजनाको बजेट घटाइएको छ । कटौती धेरै गरिएको भए पनि बढाइएको बजेट न्यून छ । सिँचाइ संरचना निर्माणतर्फ भने बजेट घटाइएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button