अर्थखबर फटाफट

७४ हजार चार सयले पाए तेह्रथुम पावरको आईपीओ

काठमाडौ– तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार शुक्रबार शेयर बाँडफाँट भएको हो ।

कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार आवेदकहरूमध्ये ७४ हजार चार सयजनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल दुई करोड ७८ हजार चार सय कित्ता शेयरका लागि आवेदन दिएका थिए, जसमध्ये २३ लाख ४६ हजार ६ सय २७ आवेदकको आवेदन स्वीकृत भएको छ । त्यस्तै, बाँकी आठ हजार आाठ सय २० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

कम्पनीले ९ देखि १३ भदौसम्म आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता शेयर निष्कासन गरेको थियो । हाल चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको आईपीओ निष्कासनपश्चात चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button