खबर फटाफटदेशमुख्य खबर

आइतबारअघि वर्षा नरोकिने, आज पनि अधिकांश स्थानमा वर्षा

Thrill Factory
Rungta Group

काठमाडौँ मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भेगमा वर्षा भइरहेको छ ।

आइतबार रातिको जस्तो भारी वर्षा नभए पनि ठाउँठाउँमा निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश-२ बाहेक सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मौसविद् निराजन सापकोटाका अनुसार आइतबार अघिसम्म वर्षा रोकिने सम्भावना कम छ । शनिबार साँझसम्म अधिकांश समय वर्षा हुने तथा दिउँसो केहीबेर रोकिने क्रम चलिरहने उनले बताए । आइतबार बिहानदेखि मौसम क्रमिक सुधार हुने उनको भनाइ छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन पनि महाशाखाले आह्वान गरेको छ ।

केही दिनदेखिको झरीले गलेको जमिन सामान्य पानी पर्दा पनि पहिरो जाने र गेग्रान बग्ने सम्भावना भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button