No Image Headlineखबर फटाफटदेशमुख्य खबर

मनसुनी वायुको प्रभावले मुलुकभर वर्षा

Thrill Factory
Rungta Group

काठमाडौ मनसुनी वायुको प्रभाव कायमै रहँदा आज देशका अधिकांश भेगमा वर्षा भइरहेको छ ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातिदेखि कयौँ स्थानमा भारी वर्षा भएको मौसमविद्ले जनाएका छन् ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा यो वर्षकै धेरै वर्षा भएको छ । अर्यालका अनुसार काठमाडौँमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ ।

भोलिसम्म देशैभर ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button