खबर फटाफटदेश

थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं-पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ भने संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३७०, ललितपुरमा ११२ र भक्तपुरमा ६७ जना संक्रमित भेटिएका छन् । त्यस्तै कास्कीमा १२४, सुनसरीमा ११८, झापामा ११५, चितवनमा ११२, मोरङमा ७५, मकवानपुरमा ५८, सुर्खेतमा ४७, रुपन्देहीमा ४२, तनहुँमा २७ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३६ हजार ८६६ रहेको छ । जसमध्ये ३३ हजार ८३५ जना होम आइसोलेसनमा र ३०३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button