२ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

काठमाडौं-नेपालमा विगत २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार सो अवधिमा ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ५७७ जना र ४ हजार ३६५ को एन्टिजेन परीक्षण गरिएकोमा ४८८ जना गरी कुल २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म १० हजार ६६३ पुगेको छ ।



मन्त्रालयले विगत २४ घण्टाको अवधिमा २ हजार ३३७ जना कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएको छ । शुक्रवार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ । नेपालमा हालसम्म ७ लाख ८ हजार २३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयले मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेको बताएको छ । जसमध्ये ३४ हजार ६७६ जना होम आईसोलेशनमा रहेका छन् भने २ हजार ९२३ जना संस्थागत आईसोलेशनमा रहेका रहेका छन् ।