No Image Headlineदेश

सनाखतका लागि माधव नेपाल र महन्थ ठाकुरसहितका नेता निर्वाचन आयोगमा

काठमाडौं-दल दर्ताका लागि निवेदन दिएका प्रतावित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।

माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका हुन् । आयोगले सनाखतका लागि बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय तोकेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत चाहिन्छ । नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन दिएका नेताहरुले केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याउन खोजेका छन् ।

दल दर्ताका लागि निवेदन दिँदा एमालेको २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए ।। यसैगरी नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ ठाकुर, महन्थ राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।

निर्वाचन आयोगले सनाखतका लागि आज दिउँसो २ बजेसम्मको समय दिएको छ । सनाखतपछि दल दर्ता प्रक्रिया टुंगो लगाइने निर्वाचन आयोगले जनाएको छ ।

प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button