अर्थ

एक सातामै बिक्यो १२ करोडको क्वाँटी

Thrill Factory
Rungta Group

काठमाडौं-जनै पूर्णिमा अर्थात क्वाँटी पुन्हि दिनका लागि साता दिनभित्रमै करीब १२ करोड रुपैयाँ बराबरको क्वाँटी विक्री भएको छ ।

खुद्रा व्यापार संघका अनुसार देशैभर १ साताको अवधिमा करीब १२ करोड रुपैयाँ बराबरको ६० टनभन्दा बढी क्वाँटीको विक्री भएको हो ।

श्रावणशुक्ल पूर्णिमाका दिन मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी, बकुल्लालगायत ९ प्रकारका गेडागुडीको मिश्रणलाई भिजाएर टुसा उमारेर क्वाँटी खाने प्रचलन छ ।

पहिलेपहिले काठमाडौं उपत्यकाका नेवार समुदायले मात्रै क्वाँटी बनाएर खाने प्रचलन भए पनि पछिल्लो समय देशैभर क्वाँटी खाने प्रचलन बढेर गएको छ । यसरी क्वाँटी बनाएर खाँदा मधुमेह, बाथ, मुटुरोगलगायत पेटको रोगबाट समेत छुटकारा पाइने जनविश्वास रहिआएको छ ।

सबैजसो समुदायमा क्वाँटी खाने प्रचलन बढेसँगै पछिल्ला दिनमा क्वाँटीको खपत पनि बढ्ने गरेको सरोकारवालाहरू बताउँछन् । उनीहरूका अनुसार व्यापारीहरूले पनि जनै पूर्णिमाकै लागि भनेर महीनौं दिन अघिदेखि नै क्वाँटीको जोहो गर्न थाल्छन् ।

अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष क्वाँटीको मूल्य पनि बढेको व्यापारीहरू बताउँछन् । कोरोना महामारीका कारण गाडीको ढुवानी भाडा, मजदूरको पारिश्रमिक आदि कुराहरू बढेकाले मूल्य बढेको व्यवसायीहरुको भनाइ छ ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button