
काठमाडौं-शनिवार पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७०३ पीसीआर परीक्षणमा १ हजार ४२४ र ५ हजार ३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी कुल २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।


त्यस्तै सोही अवधिमा देशभर ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शनिवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३० जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ पुगेको छ । यसैगरी, शनिवार २ हजार ३८२ जना निको भएसँगै हालसम्म ६ लाख ९५ हजार ९२५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।