देश

नयाँ दल दर्ताको तयारीमा महन्थ ठाकुर समूह, पार्टीको नाम जसपा लोकतान्त्रिक

Thrill Factory
Rungta Group

काठमाडौं – राजनीतिक दलसम्बनधी अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताको तयारी थालेको छ । ठाकुर पक्ष दल दर्ताका लागि आजै निर्वाचन आयोग जाने तयारीमा छ ।

सत्ता राजनीतिबाट सुरु भएको लडाईंमा उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएपछि खुम्चिएर बसेको पूर्वराजपा समूह राजनीतिक दलसम्बन्धी अध्यादेशको पर्खाइमा थियो ।

मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको अध्यादेश बुधबार राष्ट्रपतिले जारी गरेसँगै ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोग जाने तयारीमा जुटेको हो । ठाकुर पक्षले पार्टीको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिह्न साइकल राख्ने निर्णय गरेको छ ।

नेता लक्ष्मणलाल कर्णका अनुसार दल दर्ताका लागि टोली निर्वाचन आयोगमा जाने तयारी छ । पार्टीको नाम जसपा (लोकतान्त्रिक) राख्ने निर्णय गरेको बताउँदै कर्णले चुनाव चिह्न साइकल दाबी गर्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button