अर्थ

१५ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट

Thrill Factory
Rungta Group

काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलवार १५ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन गार्खाज फाइनान्स,फष्टमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,दिब्यश्वरी हाइड्रोपावर,अरुण काबेली पावर, आँखुखोला जलविद्युत् कम्पनी,जोशी हाइड्रोपावर,पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी हिमाल दोलखा हाइड्रोपावर, माउण्टेन इनर्जी नेपाल,रू रू जलविद्युत् परियोजना, सीईडीबी हाइड्रोपावर,जीवन विकास लघुवित्त,रिडी हाइड्रोपावर,खानीखोला हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो ।

यो दिन दिनभरीको शेयर कारोबार अवधिमा बजार केहि तलमाथि गर्दै स्थिर रहेर बन्द भएको छ । सामान्य अंकले वृद्धि हुँदा यो दिन विकास बैंक,जलविद्युत् समूह र वित्त समूहका लगानीकर्ताले आकर्षक नाफा कमाएका छन् ।

सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ५ दशमलव १७ प्रतिशत, हाइड्रोपावर समूहको परिसूचक ३ दशमलव १६ प्रतिशत  र वित्त समूहको परिसूचक ४ दशमलव ८८ प्रतिशतले वृद्धि भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button