अर्थखबर फटाफट

मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन

Thrill Factory
Rungta Group

काठमाडौं । साउन २७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज (आइतवार)  अन्तिम दिन रहेको छ ।

मागभन्दा ६५ दशमलव २० गुणा बढी आवेदन परिसकेको यस कम्पनीको आईपीओ छिटो अवधि आज (साउन ३१) गतेसम्म मात्र विक्रीमा रहने भएको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ः ३० बजेसम्म १८ लाख ५६ हजार ५५० जना आवेदकहरुले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरीदको आवेदन परेको हो । कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आइपीओ निष्कासन पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिनेछ ।

साथै मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत् पनि आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक वर्ष २०७६÷७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ३७ देखि रू. ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button