देशमुख्य खबर

मंसीर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय

Thrill Factory
Rungta Group

काठमाडौं–नेपाली कांग्रेसले आगामी मंसीरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन आगामी मंसीरमा गर्ने निर्णय गरेको हो । महामन्त्री पुर्णबहादुर खड्काका अनुसार भदौ १८ गते वडा अधिवेशन शुरु हुनेछ । ‘भदौको १८ गते वडा अधिवेशन शुरु गरेर मंसीर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको छ’, उनले भने ।

कांग्रेसको तीन दिनसम्म बसेको बैठक महाधिवेशनको नयाँ कार्यतालिका तोक्दै बैठक सकिएको छ । केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार निर्णय सर्वसम्मत रुपमा भएको हो ।

पौडेलका अनुसार भदौ २ गतेभित्र क्रियाशिल सदस्यहरुको अन्तिम नामावली बुझाउने, भदौ १८ गते वडा अधिवेशन, भदौको २७ गते पालिका अधिवेशन, असोज ५ गते प्रतिनिधिसभा क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन र मंसीर ९ देखि १३ गते केन्द्रीय महाधिवेशनको नयाँ मिति तय भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button