No Image Headlineखबर फटाफटदेशमुख्य खबर

थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७०८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १५२ गरी कुल ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको छ ।

यसैगरी, शुक्रवार २ हजार ११८ जना निको भएसँगै हालसम्म ६ लाख ७९ हजार ४९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button