अन्तराष्ट्रिय

डेल्टा भ्यारिएन्टप्रति स्पुतनिक भी ८३ % प्रभावकारी

Thrill Factory
Rungta Group

मस्को – कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्टप्रति रुसी कोभिड–१९ विरोधी खोप स्पुतनिक भी ८३ प्रतिशत प्रभावकारी पाइएको छ ।

त्यहाँका स्वास्थ्यमन्त्री मिखेल मुराश्कोले बुधवार यस्तो बताएका हुन् । खोपको प्रभावकारिता दर यसअघि अनुमान गरिएको भन्दा चाहीं कम हो ।

डेल्टा भ्यारिएन्ट विरुद्ध खोप करीब ९० प्रतिशत प्रभावकारी रहेको जुन महीनामा खोप निर्माताहरुले बताएका थिए । खोपको उपलब्धता दर उच्च रहेको भएपनि रुसी नागरिकहरुबीच खोप लगाउने अनिच्छा उच्च रहेको बेलामा यो खबर सार्वजनिक भएको हो ।

खोप कोरोना भाइरसको सबै प्रकार विरुद्ध सुरक्षित र प्रभावकारी भएको स्पुतनिक भी निर्माता गामालेय इन्ष्टिच्यूटका निर्देशक अलेक्जान्दर गिन्त्सबर्गले इन्भेशिया पत्रिकासँगको एक अन्तर्वार्तामा बुधवार भनेका छन् । एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button