No Image Headlineअर्थ

अर्थमन्त्री शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ सार्वजनिक गर्ने

Thrill Factory
Rungta Group

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ ल्याउने हुनु भएको छ ।

अर्थमन्त्री शर्माले आज देशको आर्थिक स्थितिबारे जानकारी गराउन प्रतिनिधि सभामा यथार्थ पत्र सार्वजनिक गर्ने उहाँको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री शर्माले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यथार्थ पत्रको विषयमा जानकारी गराउनु भएको थियो ।

सामान्यतः नयाँ सरकार आउँदा सरकारले वा कुनै मन्त्रीले वर्तमान स्थितिका विषयमा जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने चलन छ ।

त्यही अनुसार अर्थमन्त्रीले यथार्थ पत्रका रूपमा श्वेतपत्र सार्वजनिक गर्ने तयारी गर्नु भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button