No Image Headlineदेश

अहिलेसम्म कति भित्रियो कोरोनाविरुद्धको खोप ?

Thrill Factory
Rungta Group

काठमाडौं- नेपाल अहिलेसम्म कोरोनाविरुद्धको करीब १ करोड मात्रा खोप भित्रिएको छ । अहिलेसम्म खरीद र अनुदान गरेर खोपको यो परिमामण आएको हो ।

नेपालले ६० लाख मात्रा खोप खरीद गरेको छ भने बाँकी अनुदानमा आएको हो । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरीद गरिएको छ । भारतबाट खरीद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन ।

जापान सरकारले नेपाललाई अनुदानमा दिएकोमध्ये करीब ३ लाख खोप आइतबार आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत अस्त्रजेनेकाको ३ लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।

जापानले नेपाललाई १६ लाख मात्रा अस्त्रजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै शनिवार ५ लाखमात्रा खोप आएको थियो । बाँकी खोप एक सातापछि आउने मन्त्रालयले बताएको छ ।

यसअघि शुक्रवार भुटानबाट २ लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ ।

यसैगरी भारतबाट अनुदानमा ११ लाख डोज कोभिशिल्ड प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट ३ लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको जनाएको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै सङ्क्रमण फैलनसक्ने देखिएपछि सरकारले १ हजार ४३३ खोप केन्द्र थप गरेको हो । पहिले २ हजार ९८९ ओटा खोप केन्द्र भएकामा अहिले त्यो सङ्ख्या ४ हजार ४२२ पुर्‍याइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button