अन्तराष्ट्रिय

अफगानिस्तानको प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा

Thrill Factory
Rungta Group

काठमाडौँ- विद्रोही समूह तालिबानले अफगानिस्तानको प्रान्तीय राजधानी ‘जाराञ्ज’ नियन्त्रणमा लिएको छ । ​

अफगानिस्तानको निमरोज प्रान्तको राजधानी जाराञ्ज तालिबान लडाकुले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

जारञ्ज अफगानिस्तानको ठूलो व्यापारिक केन्द्र मानिन्छ । जारञ्ज कब्जा गरेसँगै तालिबान समूहले ट्वीटरमा आफ्नो जित भएको बताएको छ ।

तालिबान लडाकुले अफगानिस्तानका अन्य शहरी क्षेत्र पनि नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् । यसक्रममा अफगान सरकारी सुरक्षा फौज र तालिबानबीच एक सातादेखि भिडन्त जारी छ । अहिले पश्चिमतर्फ हेरात र दक्षिणमा लस्करगाहमा भिडन्त भइरहेको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button