No Image Headlineदेशमुख्य खबर

कोरोनाको तेस्रो लहरको त्रास : भारतीय सीमा नाकामा बढाइयो सतर्कता

Thrill Factory
Rungta Group

नेपालगञ्ज- कोरोना भाइरसको तेस्रो लहरलाई रोक्न भारतसँगको सीमा नाकामा निगरानी र परीक्षण बढाइएको छ । केही दिनयता नेपाल र भारतमा कोरोनाको संक्रमण फेरि बढिरहेकाले उच्च जोखिमलाई ध्यानमा राखेर सीमानामा सतर्कता बढाइएको हो ।

निषेधाज्ञा खुकुलो भएसँगै अहिले देशका धेरै ठाउँमा कोरोनाका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । दैनिक सङ्क्रमित बढेपछि कोरोना उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष, भेन्टिलेटर र साधारण शय्या भरिएका छन् ।

सरकारले खुला सीमा नाकाबाट फैलन सक्ने संक्रमणलाई रोक्न भन्दै केही दिनदेखि निगरानी र परीक्षण थालेको छ । यसअघि भारतमा दोस्रो लहर फैलिँदा खुला सीमा नाकाका कारण नेपाल प्रभावित भएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार नाकाबाट नेपाल प्रवेश गर्नेहरुको ज्वरो नाप्न थालिएको छ । यस्तै, लक्षण देखिएका व्यक्तिको एन्टिजेन परीक्षण पनि हुने गरेको छ ।

अहिलेसम्म १२ हजार भन्दा धेरैको परीक्षण भइसकेको उनले बताए । तेस्रो लहरको जोखिम उच्च भएसँगै नाका जोडिएका क्षेत्रका अस्पतालमा २० प्रतिशत शैया बालबालिकाका लागि छुट्टाएर राख्न थालिएको छ ।

तेस्रो लहर फैलिए कसरी उपचार गर्ने भन्ने बारे पनि पूर्वतयारी थालिएको उनले बताए । तर, सीमा नाकामा भइरहेको यो तयारी पर्याप्त भने नभएको विज्ञ बताउँछन् ।

सीमा नाकाबाट हुने आवतजावतलाई रोक्न नसक्दा नै कोरोनाको पहिलो लहर र दोस्रो लहर फैलिएको भन्दै स्वास्थ्य विज्ञले अब पनि नाकालाई व्यवस्थित बनाउन नसके तेस्रो लहरबाट जटिल अवस्था आउन सक्ने बताएका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button