No Image Headlineदेश

बढ्दै कोरोना संक्रमित, सतर्कता अपनाउन विज्ञको अग्रह

Thrill Factory
Rungta Group

काठमाडौं- मुलुकभर केही दिनयता कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोभिड अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढ्न थालेको छ ।

दैनिक ३ हजारको हाराहारीमा संक्रमित थपिएका छन् । अस्पतालमा बढेको संक्रमतिको संख्‍याले नेपालमा कोभिडको तेस्रो लहर आइसकेको संकेत गर्छ ।

अस्पतालमा दैनिक संक्रमण बढ्न थालेकाले मुलुकमा कोभिडको तेस्रो लहर आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए।

अस्पतालमा उपचार गराउने संक्रमितको संख्या बढेकाले चुनौती थपिँदै गएको डा अधिकारीको भनाइ छ । उपचार गराउनेको संख्या बढेसँगै संक्रमण भित्रभित्र फैलिरहेको हुनसक्‍ने उनले बताए । निषेधाज्ञा खुकुलो भएको र राजनीतिक दलका गतिविधि बढ्नु पनि संक्रमण बढनुको मुख्य कारक रहेको उनको ठहर छ ।

निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरूको गतिविधि बढेकाले संक्रमितको संख्या बढेको वीरगञ्जको स्पर्स मल्टिस्प्यासिलिटी अस्पतालका अध्यक्ष डा. महेश्वर कुर्मी बताउँछन् । कुर्मीका अनुसार खोप लगाउन वञ्चित उमेर समूहका मानिसहरूमा बढी संक्रमण देखिएको छ । जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले सुझाए ।

अधिकांश मानिसलाई खोपको व्यवस्था गर्न सकेमा कम मानिसलाई कोभिड देखिने कुर्मीको भनाइ छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button