No Image Headlineदेशमुख्य खबर

एमाले एकताको अन्तिम कसरत: होला त सफल ?

Thrill Factory
Rungta Group

काठमाडौं – नेकपा एमालेमा एकताको अन्तिम कसरत चलिरहेको छ । एकताको लाथि थप पहल गर्न भन्दै स्थगित भएको स्थायी समिति बैठक आज बस्दैछ ।

एकताको लागि थप पहल गर्न भन्दै पार्टी अध्यक्ष केपी ओलीले बोलाएको नेकपा एमालेको स्थायी कमिटी बैठक हिजो स्थगित भएको थियो । बैठक आज दिउँसो ३ बजे बस्ने नेता सुवास नेम्वाङले जाकारी दिएका छन् ।

पार्टी एकताका बारेमा भइरहेका प्रयासका बारेमा बैठकलाई जानकारी गराएपछि आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको थियो ।

बैठकपछि नेता नेम्वाङले अरु कुनै पनि एजेण्डामाथि छलफल नभएको जानकारी दिएका थिए । उनले पार्टी एकता जोगाउनका लागि विघटित कार्य दलमा रहेका स्थायी कमिटी सदस्यहरुका बीचमा छलफल भएको र पार्टी एकता जोगाउन निरन्तर छलफल गरिरहेको बताए ।

पार्टीलाई एकताबद्ध गर्न निरन्तर छलफल गरिरहेको भन्दै उनले भने, ‘भीम रावल लगायतका नेताहरु माधवकुमार नेपालसँग कुरा गर्नका लागि त्यता लाग्नुभएको छ । अहिले पनि नथाकिकन पार्टीलाई एकताबद्ध बनाउन लागिरहेका छौँ ।’

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button