मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ बिक्रीमा
काठमाडौं-मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले आज (बिहीवार) देखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणमा रू ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री गर्न लागेको हो । उक्त मूल्य बराबरको प्रतिकित्ता रू १०० अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेको हो ।
सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
छिटोमा साउन १८ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा ढिलोमा साउन २८ गतेसम्म आईपीओ विक्रीमा रहने कम्पनीले बताएको छ ।